चालु शैक्षिक सत्र २०८२ को दोस्रो चरणको परीक्षा यही मिति २०८२ पौष २० गते देखि सूचना …
31 Dec 2025, 02:59 PMयो विद्यालय कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाको सदरमुकाम दैलेख बजार देखि करिव ६ कोष पश्चिमतर्फ प्राचीन ऐतिहासिक सिंजा राज्यको शीतकालीन राजधानी रहेको दुल्लु नगरपालिका वडा नं. ७ मा अवस्थित छ । यस विद्यालयको चारै तिर रमाइला बस्ती, ऐतिहासिक मठ मन्दिर, देवल, महत्वपूर्ण धार्मिक स्थलहरू, जस्तै पञ्चकोशी तीर्थस्थलहरू : पादुका, धुलेश्वर, नाभिस्थान, शिरस्थान, तल्लो डुङ्गेश्वर पर्दछन् । साथै विद्यालयको नजिकै प्राकृतिक सुन्दरताले भरपुर ठाडो लेख, लुडाहाँ रिमे जंगलले विद्यालयको वातावरण स्वच्छ तथा हराभरा बनाइराख्न निरन्तर सहयोग गरिरहेका छन् । पहाडी क्षेत्रमा रहेकाले यस विद्यालयको वरपरको हावापानी समशीतोष्ण किसिमको छ ।
कर्णाली प्रदेश दैलेख जिल्ला दुल्लू नगरपालिका अन्तर्गत वडा नं. ७ पटाङ्गिनीमा रहेको छ, जुन २८०३५’ देखि २९०८’ उत्तरी अक्षांशमा र ८१०२५’ देखि ८१०५५’ पूर्वी देशान्तरमा पर्दछ । यस स्थानको उचाई समुद्र सतहदे खि १४५६ मिटर रहेको छ ।
यहाँको मौसम प्रायः उष्ण र हिउँदको मौसममा चिसो हुन्छ। गर्मीका महिना (चैतदेखि जेठ) मा तापक्रम केही बढ्न सक्छ, तर वर्षा ऋतु (साउनदेखि आश्विन) मा वर्षा हुने सम्भावना बढी हुन्छ। चिसो महिनामा (माघदेखि फागुन) तापक्रम सामान्यत: न्यूनतम हुने गर्छ।
वि.व्य.स. अध्यक्ष
प्रधानाध्यापक
सूचना अधिकारी
९८५८०५२३०४
दुल्लू नगरपालिका - ७, दैलेख कर्णाली प्रदेश नेपाल
nrsskdullu@gmail.com
आइत बार - शुक्र बार: विहान १०:०० - बेलुका ४:००